Home समाचार १२ घन्टा पौडिएर ज्यान जोगाएका मादागास्करका मन्त्री

१२ घन्टा पौडिएर ज्यान जोगाएका मादागास्करका मन्त्री

by ईलालटिन
0 comment

एन्टानानारिभो।  पूर्वी अफ्रिकाको टापु मुलुक मादागास्करका एक जना मन्त्रीले १२ घन्टा समुद्रमा पौडी खेलेर ज्यान जोगाएका छन्।द गार्डियनका अनुसार हेलिकप्टर दुर्घटनामा परेका मादागास्करका प्रहरी मन्त्री सर्जेइ गेल सोमबार रातभरि समुद्रमा पौडिँदै मंगलबार बिहान तटीय सहरमा आइपुगेका हुन्। मादागास्करका अधिकारीहरूका अनुसार ५७ वर्षीय गेल र एक जना अर्का प्रहरी अधिकारी छुट्टाछुट्टै रूपमा माहाम्बो सहरमा आइपुगेका हुन्।

सोमबार बिहान मादागास्करको उत्तर-पूर्वी क्षेत्रमा एउटा सानो जहाज समुद्रमा डुबेको थियो। उक्त घटनामा ३९ जनाले ज्यान गुमाएका थिए। मन्त्री गेललगायत अधिकारीहरू उक्त घटनाको निरीक्षण गर्न गएका थिए। उनीहरू चढेको हेलिकप्टर कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे खुलाइएको छैन। गेल तटमा आइपुगेपछि सामाजिक सञ्जालमा उनको एउटा भिडिओ सार्वजनिक भएको छ। निकै थकित देखिएका गेलले आफूलाई चिसो भए पनि घाइते नभएको बताएका छन्। ‘मेरो मर्ने बेला अझै भइसकेको रहेनछ,’उनले भनेका छन्। गत अगस्टमा मन्त्री बन्नुभन्दा अघि गेलले तीन दशकसम्म प्रहरीमा सेवा गरेका थिए। प्रहरीमा काम गरेकाले स्टामिना धेरै भएकाले उनी १२ घन्टासम्म पौडिन सकेको बताइएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com