Home समाचार लुम्बिनीबाट केन्द्रीय सदस्यमा देउवा पक्षका कँडेल र केसी विजयी

लुम्बिनीबाट केन्द्रीय सदस्यमा देउवा पक्षका कँडेल र केसी विजयी

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनामा कँडेलले २७२७ र केसीले २२६७ मत पाएका छन्।खुलातर्फका ६ प्रतिस्पर्धीमध्येबाट  सभापति शेरबहादुर देउवा पक्षका कँडेल र केसी निर्वाचित भएका हुन् । यस्तै, महिलातर्फ लुम्बिनी प्रदेशबाट शिला शर्मा खड्का निर्वाचित भएकी छन्। देउवा पक्ष समूहकी खड्काले २६७३ मत पाइन्। महिलातर्फको एक पदको लागि तीन जनाको प्रतिस्पर्धा थियो। उनी काँग्रेसका स्व. नेता खुमबहादुर खड्काकी पत्नी समेत हुन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com