Home बुलेट न्युज महिला खुला केन्द्रीय सदस्यमा ९१ वर्षीया शान्ति कार्की पराजित

महिला खुला केन्द्रीय सदस्यमा ९१ वर्षीया शान्ति कार्की पराजित

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवार दिएकी ९१ वर्षीया शान्ति कार्की पराजित भएकी छन्।९१ वर्षीय कार्कीले महिला खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएकी थिइन्। सोमबार साँझ आएको अन्तिम परिणाममा उनले २६० मत पाएर उम्मेदवारी दिएका ३० जनामध्ये २७ औं नम्बरमा परिन्। नेपाली कांग्रेसको विधान अनुसार महिला खुला केन्द्रीय सदस्यमा ९ जना विजयी हुन्छन्।

उनी पर्साबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन्।  महिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पटक पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन्। केन्द्रीय कमिटीमा भने यो उनको दोस्रो उम्मेदवारी थियो। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन्। कूल ४६७९ खसेको मतमध्ये दोस्रो नम्बरमा पुष्पा भुसालले २७१८ र तेस्रो नम्बरमा आरजु राणा देउवाले २५३६ मत पाएर निर्वाचित भइन्।

यस्तै नौ जना निर्वाचित हुने महिला खुला केन्द्रीय सदस्यतर्फ चौथो स्थानमा अम्बिका बस्नेत २३३९, पाँचौमा ईश्वरी न्यौपाने २२५९, छैठौंमा सरिता प्रसाई २०९६, सातौमा रमा कोइराला पौडेल १८५८ मतसहित विजयी भइन्। यस्तै सुशीला ढकाल आचार्य १८०८ र रंगमती शाही १७८९ मत ल्याएर विजयी भइन्। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com