धनुषा । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताएका छन् । उनले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको पनि बताए ।मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि बढाउनु वर्तमान सरकारको दायित्व भएको बताए ।
यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उनको भनाइ थियो । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आएका गृहमन्त्री खाँणले एमसीसीको बारेमा जनतामा केही भ्रम रहेको बताए । उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेछ, यसबाहेक अरु कुनै उद्देश्य छैन ।रातोपाटी ।