Home समाचार माओवादी केन्द्रको बाग्मती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

माओवादी केन्द्रको बाग्मती प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादीको बाग्मती प्रदेश कमिटीको नेतृत्वमा निर्वाचन हुने भएको छ। काठमाडौंमा सम्पन्न बाग्मती प्रदेश सम्मेलनमा सहमतिका लागि भएको प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो। अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्रीले उम्मेदवारी दिएका छन्।

नौ पदका लागि २७ जनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य डिबी तामाङले जानकारी दिए। उनका अनुसार अध्यक्षमा २, उपाध्यक्षमा १०, सचिव ३, सहसचिव ९ र कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ। नेतृत्वका लागि २ सय ७५ जनाले मतदान गर्दैछन्। दुई सय ७५ जनाको कमिटीमा सहमति भए पनि पदाधिकारीमा सहमति नभएपछि निर्वाचन हुन लागेको हो। माओवादीको विधानअनुसार प्रदेश कमिटी सदस्यले पदाधिकारी चयन गर्छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com