Home विशेष क्यानले सार्‍यो नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण

क्यानले सार्‍यो नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण

by ईलालटिन
0 comment

काठमाडौं । आजदेखि पोखरामा सञ्चालन गर्ने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण नेपाल क्रिकेट संघ (क्यान) ले स्थगित गरेको छ। गत बुधबार क्यानको बोर्ड बैठकले आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि आजदेखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो भने मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको थियो।

जसका कारण क्यान र खेलाडीबीच विवाद चर्चिएको छ। मिडियामा आफ्ना असन्तुष्टि राखेकै भरमा कारबाही गरिएको भन्दै खेलाडीले पुर्नविचार गर्न क्यानलाई आग्रह गरेका छन्। विवादको विषयमा क्यानले खेलाडीसँग वार्ता गर्न पहल गरिरहेको छ। यही कारबाहीका कारण राष्ट्रिय टिमको प्रशिक्षण पनि प्रभावित भएको हो। अर्कोतर्फ राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके नेपाल आइनसकेको अवस्थामा क्यानले बन्द प्रशिक्षण स्थगित गरेको छ।

उनी आएपछि बन्द प्रशिक्षणको विषयमा निर्णय हुनेछ। उनी क्यानडाबाट नेपालका लागि आज प्रस्थान गर्ने बताइएको छ। टी-२० विश्वकपको विश्व छनोटको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको छ। समूह ‘ए’ मा नेपालसहित आयरल्यान्ड, ओमान,  बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।  यो समूहको खेल आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com