Home विशेष मृतक नेता चौधरीको परिवारलाई १६ लाख क्षतिपूर्ति दिन सहमति, परिवारले शव बुझे

मृतक नेता चौधरीको परिवारलाई १६ लाख क्षतिपूर्ति दिन सहमति, परिवारले शव बुझे

by ईलालटिन
0 comment

रौतहट ।  टिपरको ठक्करबाट मृत्यु भएका स्थानीय नेता खेदु चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । इलाका प्रहरी कार्यालय विजयपुरमा सोमबार अबेर रातिसम्म चलेको छलफलमा गाडी धनी गुगल निर्माण सेवाका सञ्चालक रामु खनालले चौधरीको परिवारलाई १६ लाख रुपैयाँ दिने सहमति -भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपछि मृतक चौधरीको शव पीडित परिवारले बुझेका छन् ।

फतुवाविजयपुर–११ हिमालीबासमा आइतबार राति साढे ८ बजे टिपरको ठक्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु भएको थियो । टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाएको आरोप लगाउँदै पीडित परिवार र गाउँलेहरू सोमबार बिहानैदेखि आन्दोलनमा उत्रेका थिए । सैयौँको सङ्ख्यामा रहेका गाउँलेहरूले सोमबार विजयपुरमा प्रदर्शन गर्दै प्रहरी कार्यालय माथि ढुङ्गामुढा प्रहार गरेका थिए । ढुङ्गामुढा प्रहारबाट २ जना प्रहरी घाइते भएका छन् भने आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट एक जना स्थानीय मुक्ति पटेल घाइते भएका छन् । ढुङ्गामुढा पछि फतुवा बिजयपुरकी उपमेयर कान्ति देवी महतोको अगुवाइमा स्थानीयले प्रहरी कार्यालय अगाडि धर्नामा बसेर सोमबार दिनभर बाटो अवरुद्ध गरेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com