Home समाचार नागरिक स्टक डिलरले साढे एक अर्बको आईपीओ निष्काशन गर्ने

नागरिक स्टक डिलरले साढे एक अर्बको आईपीओ निष्काशन गर्ने

by ईलालटिन
0 comment

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित दोस्रो वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले पुस २३ गते नागरिक लगानी कोषको भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ः३० बजे साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। आईपीओ निष्काशन गर्ने सम्पूर्ण कार्यको लागि सञ्चालक समितिले सभाले अख्तियारी समेत दिनेछ। यस्तै कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट सञ्चालकहरुको मनोनयन तथा निर्वाचन समेत गर्नेछ। मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com