Home विशेष दुई दशकपछि बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

दुई दशकपछि बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

by ईलालटिन
0 comment

काठमाडौं । बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० ले पराजय व्यहोर्दै क्याटलान क्लब बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो। बार्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो। यसअघि सन् २०००/०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो। जाभी हर्नान्डेज च्याम्पियन्स लिगबाट बाहिरिने बार्सिलोनाको खेलाडी र प्रशिक्षकसमेत बनेका छन्। २०००–०१ म जाभी बार्सिलोनाको युवा खेलाडी थिए उनै जाभीको नेतृत्वमा रहेको बार्सिलोना २० वर्षपछि पुनः च्याम्पियन लिगको समूह चरणबाटै बाहिरियो।

बायर्नको घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले समान १-१ गोल गरे।खेलको ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। रोबर्ट लेवान्डोस्कीको पासमा हेडमार्फत उनले सुन्दर गोल गरेका थिए। खेलको ४३औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २-० को अग्रता बनाए। खेलमा ५३ प्रतिशत नियन्त्रण राखेको घरेलु टोलीका लागि ६२औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए। बार्सिलोनाले गोल गर्ने केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। त्यसपछि थप गोल निस्कन नसक्दा बायर्नले जित निकाल्दै बार्सिलोनालाई समूह चरणबाटै बाहिरिन बाध्य भयो।

यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जितसहित समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो। बायर्नले ६ खेलबाट १८ अंक जोड्यो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो।बार्सिलोनाले समूह चरणमा दुई जित, एक बराबरी र तीन हारको नतिजा निकाल्यो। बार्सिलोनाले बायर्नसँग दुई खेलमा समान ३–०  हार व्यहोर्‍यो।समूहको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिकाले युक्रेनी क्लब डेनामो किएभलाई २–० ले हराउँदै समूह उपविजेताको रूपमा अन्तिम १६ मा पुग्न सफल भयो। जितपछि बेन्फिकाले समूहमा ६ खेलबाट ८ अंक जोड्यो । पराजित डेनामो किएभले १ अंक जोड्यो । सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com