Home समाचार खाण र कार्कीले मन्त्री छोड्ने तर महामन्त्रीको दाबी नछोड्ने भएपछि देउवालाई थप चुनौती

खाण र कार्कीले मन्त्री छोड्ने तर महामन्त्रीको दाबी नछोड्ने भएपछि देउवालाई थप चुनौती

by ईलालटिन
0 comment

काठमाडौं । आफ्नै समूका नेताहरू महामन्त्री बन्न मन्त्री छोड्न तयार भएपछि सभापति शेरबहादुर देउवालाई चुनौती बढ्दै गएको छ। अहिले मन्त्री भएका देउवाका मुख्य विश्वासपात्र गृहमन्त्री बालकृष्ण खाण र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री पदमा दाबी गरिरहेका छन्। उनीहरूले मन्त्री छोड्ने तर महामन्त्रीमा दाबी नछोड्ने भनेपछि देउवालाई चुनौती थपिएको हो।

कार्कीले सेतोपाटीसँग कुरा गर्दै बुधबार मन्त्री कार्कीले भन्दा  पार्टीको जिम्मेवारीमै आफ्नो प्राथमिकता रहेको बताए।यता गृहमन्त्री खाणले पनि महामन्त्रीको उम्मेदवार बन्नका लागि आफू गृहमन्त्री छोड्न तयार रहेको मिडियाहरूमा बताइरहेका छन्। आफ्ना नजिकका विश्वासपात्र मन्त्री छोड्नै तयार भएर महामन्त्री उठ्न खोजिरहेका बेला देउवालाई अन्य आकांक्षीलाई पनि मिलाउन समस्या छ।

देउवा समूहबाटै खाण र कार्कीबाहेक प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक र विश्वप्रकाश शर्मा महामन्त्रीका आकांक्षी हुन्।शर्माले महामन्त्रीको उम्मेदवार बन्ने पहिले नै घोषणा गरिसकेका थिए। महत, साउद र लेखक पनि महामन्त्रीको उम्मेदवार बन्ने अडानमा छन्। नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि राजधानीमा सुरू हुँदैछ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com