Home समाचार अब पार्टीमा कुनै गुट उपगुट हुँदैन, पार्टी एकढिक्का बनाउँछुः सभापति पुन

अब पार्टीमा कुनै गुट उपगुट हुँदैन, पार्टी एकढिक्का बनाउँछुः सभापति पुन

by ईलालटिन
0 comment

रुपन्देही । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुन मगरले पार्टी जीवनमा आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भएको बताएका बताए । चुनावपछि पार्टीमा कुनै गुट उपगुट नहुने भन्दै उनले अब काँग्रेसलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

देउवा पक्षका भरतकुमार शाहलाई पराजित गर्दै सभापतिमा निर्वाचित पौडेल पक्षका पुनले भैरहवा  पत्रकारहरुसँग कुरा गर्दै आफूले सबै पक्षलाई मिलाएर लैजाने बताएका हुन्  उनले आजै दिउँसो  प्रतिस्पर्धी शाहलाई भेटेर कुराकानी गरी शुभकामना लिनेसमेत बताए ।  शनिबार भैरहवाको महेन्द्र सभागृहमा भएको मतदानको आज बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी शाहले ७६७ मत प्राप्त गरेका छन् ।  । एक उप सभापति बाहेक अन्य सवै पदमा पुनको प्यानल आएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com