Home विशेष भारतमा एकैदिन ४ बाट २१ पुगे संक्रमितको संख्या, संसारभरीको स्थिति चिन्ताजनक

भारतमा एकैदिन ४ बाट २१ पुगे संक्रमितको संख्या, संसारभरीको स्थिति चिन्ताजनक

by ईलालटिन
0 comment

काठमाडौं  । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ ।समाचार एजेनसी एएनआईका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको छ । यसका साथै भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या २१ भएको छ ।

विश्व स्वास्थ्य संगठनले लगातार यो भेरियन्टलाई चिन्ताको विषय बताएको छ । पछिल्लो शुक्रबार विश्व स्वास्थ्य संगठनले संक्रमणको संख्याको हिसाबले यो भेरियन्टले डेल्टा भेरियन्टलाई पछि छोड्न सक्छ ।विश्व स्वास्थ्य संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले समाचार एजेन्सी रोयटर्सलाई भनिन्, ‘यो भेरियन्टले डेल्टालाई पछि पार्न सक्छ किनभने यो पछिल्लो भेरियन्टको तुलनामा बढी संक्रामक छ ।’ कोरोनाको यो नयाँ भेरियन्टलाई रोक्ने कोसिसमा केन्द्र र राज्य सरकारले विमानस्थलदेखि अन्य यातायात केन्द्रमा सर्भिलेन्स, टेस्टिङ र स्क्रिनिङसँग सम्बन्धित प्रयासमा तीब्रता दिएको छ ।

महाराष्ट्रमा ८ संक्रमितः

महाराष्ट्रमा पुणेको स्वास्थ्य अधिकारीले आइतबार जिल्लामा ओमिक्रोन संक्रमणका सात संक्रमित भेटिएको जानकारी दिए ।अधिकारीका अनुसार संक्रमित व्यक्तिमा नाइजेरियाबाट भारत फर्किएकी एक महिला संक्रमित छिन् जो आफ्नी दुई छोरीसँग पिंपरी चिंचवाडमा आफ्नी भाइलाई भेट्न आएकी छिन् । उनका भाइ र उनकी दुई छोरी पनि ओमिक्रोनद्वारा संक्रमित छन् ।अधिकारीका अनुसार यसबाहेक अर्का एक संक्रमित फिनल्याण्डबाट पुणे आएका एक व्यक्ति हुन् जो अघिल्लो महिनाको अन्तिम हप्ता भारत पुगेका थिए । यसअघि ठाणेका ३३ वर्षका एक व्यक्ति पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टद्वारा संक्रमित पाइएका थिए । उनको उपचारे कल्याणको कोभिड केयर सेन्टरमा चलिरहेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com