Home अर्थ/वाणिज्य अहिले राम्रा कम्पनीहरुको शेयर न्यून मूल्यमा खरिद गर्न सक्ने अवसर छ

अहिले राम्रा कम्पनीहरुको शेयर न्यून मूल्यमा खरिद गर्न सक्ने अवसर छ

by ईलालटिन
0 comment

काठमाडौं ।  पछिल्लो हप्ता बजारमा धेरै उतारचढाव देखियाे। बजार खुलेको सुरुवाती चरणमा बढ्न खोजे जस्तो भए पनि बन्द हुने समयमा बजार सूचकमा घटेर बन्द हुने गरेको छ। यो भनेको बजार सन्तुलित हुन खोजेर पनि हुन नसकिरहेको अवस्था हाे । गत हप्ता नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेको थियाे । त्यसको प्रभाव हप्ताभरि नै रह्यो। माैद्निक नीति समीक्षामा मार्जिन कर्जा सम्बन्धी गरिएको व्यवस्था लगानीकर्ताहरुले अपेक्षा गरे भन्दा फरक आएको कारण बजारमा त्यसको प्रभाव परेको हो।

माैद्निक नीति समीक्षा सार्वजनिक भएपछिको पहिलो कारोबार दिन बजार प्रभावित हुनु स्वभाविक भएतापनि अरु दिन  बजार घट्दो क्रममा रहनुले खासै राम्रो संकेत नगरेको जस्तो लागेको छ। हप्ताभरिकै बजारमा कारोबार रकममा खासै सुधार हुन सकेन । कारोबार रकम प्रत्येक दिन खस्किँदै गएको कारणले छोटो अवधिको लागि भए पनि बजार घट्न सक्ने संभावना देखिएको छ। कारोबार रकम बढेको भए हामीले बजार बढ्न सकिने आशा गर्न सक्ने ठाउंँ रहन्थ्यो। गत हप्ताको बजार घट्न सक्ने जोखिम बढेको  जस्तो देखिएको छ । गत हप्ता भएका काराेबार  दिनहरुमा सुरुवाती चरणमा बजार बढ्ला  जस्तो भएतापनि बन्द हुने समयमा घट्दा  लगानीकर्ताको आत्मविश्वास डगमगाएको छ।  जसले गर्दा बजारमा शेयर बिक्री चाप बढेको  छ। यद्यपि बजार केही दिन घटेपनि लामो  अवधिसम्म भने घट्ने सम्भावना कम नै छ।

बजार पुन: फर्कने सम्भावना पनि  उत्तिकै रहेको हुँदा लगानीकर्ता आत्तिनुपर्ने अवस्था भने छैन्। तर बढ्छ भन्दैमा ३५ सय ४  हजार होईन २५ सय ३ हजारको विन्दुको वरपर बजार चल्ने मेराे अनुमान छ । बजारमा हल्ला भए जस्ताे घट्दा दुई हजार तल झर्छ र बढ्दा ३५ माथि पुग्छ भन्ने होईन।शेयर बजार कति घट्छ र बढ्छ भन्ने कुरा ब्याजदरले निर्धारण गरेको हुन्छ। ब्याजदर र शेयर बजारकाे उल्टाे सम्बन्ध हुन्छ । व्याज बढ्दा लगानीकर्ताले जोखिमरहित लगानी भन्दै बैंकमा निक्षेप बढाउन थाल्नेछन् । निक्षेपकाे व्याज बढेसँगै ऋणकाे पनि व्याज बढ्छ । ऋणकाे व्याज बढ्नु शेयर बजारकाे लागि राम्राे हाेइन । तरलता कम हुँदा बजारमा मुद्रा आपूर्ति कम हुन पुग्छ जसले गर्दा बैंकहरुले निक्षेप संकलनलाई प्राथमिकता दि‌‍‍‍‌‍दा ब्याजदर बढ्न सक्छ । शेयरबजारमा ब्याजदरको खतरा धेरै हुन्छ।

कोभिडको कारण सबैतिर बन्दाबन्दी भएको अवस्थामा जस्तै अहिले बैंकिङ्ग प्रणालीमा तरलता पर्याप्त छैन् । तर पनि लगानीकर्ता तत्काल डराई हाल्नुपर्ने अवस्था छैन्। विगतका वर्षहरुमा पनि याे समयमा तरलता संकट बढ्ने गरेको थियो । त्यसैले यो कुनै नयाँ समस्या होईन र तरलताको समस्या दीर्घकालीन हुँदैन् । केही समयपछि सरकारले चुनावको मिति सार्वजनिक गर्दैछ र सरकारी विकासको कामको गति बढ्ने हुँदा तरलता सहज हुने सबैको अनुमान रहेको छ। मुलुक विस्तारै कोभिडबाट मुक्त भएसँगै लगानीका क्षेत्रहरु पनि बढेका छन । त्यसले गर्दा बजारमा लगानीयोग्य रकमको दवाव बढेको हो। कोभिडको समयमा जस्तै बजार उल्लेख्य रुपमा नबढ्ला तर धेरै अंकले घट्ने आधारहरु पनि न्यून रहेको छ ।

अहिले बजारमा शेयर मूल्य घटाएर खरिद गर्न इच्छुक केही लगानीकर्ताले घट्छ भन्ने हल्ला गरेर बजारलाई प्रभावित गराउन खोजिएको जस्तो देखिन्छ। त्यसतर्फ भने लगानीकर्ता सचेत हुनु जरुरी छ।यो दुई वर्षको अन्तरालमा धेरै नयाँ लगानीकर्ताहरु बजारमा भित्रिएका छन्। बढ्दो बजारमा लगानीकर्ताहरुले जस्तो कम्पनीको शेयर खरिद गर्दा पनि राम्रो प्रतिफल हासिल गर्न सक्ने अवस्था थियो । शेयर बजार सधै यसै अवस्थामा रहँदैन् र सधै त्यस्ताे अपेक्षा गर्न पनि हुँदैन् ।बढेको बेलामा कसैले भनेको आधारमा लगानी गर्दा पनि नाफा हासिल गर्न सकिएको थियो तर घट्दो बजारमा त्यसो नहुन सक्छ। त्यसैले लगानीकर्ताहरुले यो बजार घटिरहेको अवस्थामा कम्पनीको आधारभुल अध्ययन गरेर लगानी गर्नुपर्ने हुन्छ।

अहिले बजार घटिरहेको अवस्थामा धैरै राम्रा कम्पनीहरुको शेयर न्यून मूल्यमा खरिद गर्न सक्ने अवसर रहेको छ। लगानीकर्ताले कम्पनीको पिइ रेसियो र कम्पनीको अवस्थालाई समेत मध्येनजर गरेर लगानीको रणनीति बनाउनु पर्छ । शेयर बजारलाई उच्च जोखिमसँगै उच्च प्रतिफल हासिल गर्ने क्षेत्र भन्ने गरिएको छ। तर बजारमा सधै‌ त्यसो नहुन सक्छ। त्यसैले लगानीकर्ताले यस अवसरलाई पहिचान गरेर अध्ययन गर्दै लगानी गर्नुपर्ने हुन्छ। बजारबाट प्रतिफल धेरै लिने सबै लगानीकर्ताको अपेक्षा हुन्छ। सधै प्रतिफल भन्दा पनि सुरक्षित लगानी कसरी गर्न सकिन्छ त्यसतर्फ पनि लगानीकर्ताले ध्यान दिनुपर्छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com