Home समाचार लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको छ: विमलेन्द्र निधि

लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको छ: विमलेन्द्र निधि

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपा अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्। कमल थापालाई हराउँदै लिड्देन राप्रपा अध्यक्ष भएका हुन् आज विज्ञप्ति जारी गर्दै कांग्रेस उपसभापति निधिले राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको उल्लेख गरेका छन्।

‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ,’ उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउँनेछ भन्ने मैले बिश्वासका साथ सफल कार्यकालको कामना गर्दछु।’सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com