Home विशेष कमल थापा पराजित हुँदा छोरी भने विजयी

कमल थापा पराजित हुँदा छोरी भने विजयी

by ईलालटिन
0 comment

काठमाडौं । राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी विजयी भएकी हुन् । उनी पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझीकी बुहारी पनि हुन् । त्यस्तै भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका छन् ।

छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् । राप्रपाको पहिलो एकता महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका छन् । यस्तै महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । राप्रपा केन्द्रीय सदस्यका उम्मेदवारको परिणाम सार्वजनिक भएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com