Home समाचार राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

by ईलालटिन
0 comment

काठमाडौं । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा चुनाव हारेकी छन्।शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याउँदा अध्यक्षमा पराजित कमल थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी भइन्। पदाधिकारीमा शाहीसहित अधिकांश थापापक्षका उम्मेदवार विजयी भएका छन्।

केहीबेर अघि घोषणा भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन्। दुवै प्यानलमा समेटिएका पाण्डेले २५२१ भोट ल्याएका छन्।यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङले १९४४ भोट ल्याएर विजयी भएका छन् भने सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भए ।महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १६८९ भोट ल्याएर विजयी भइन्। यस्तै महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए। यसैगरि कमल थापा पक्षका भुवन पाठकले १८०५ भोट ल्याएर विजयी भए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com