Home समाचार थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौंको थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एकजना घाइते छन्, उनको उपचार भइरहेको छ । दुर्घटनामा परेर काभ्रेपलाञ्चोकको पनौती घर भएका १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आइतबार बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरित दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर पछाडि सवार रहेका २२ वर्षीय आशिष हुमागाईं घाइते छन् । उनको नर्भिक अस्पतालमा उपचार हुँदैछ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com