काठमाडौं । सुनचाँदीको भाउ फेरि महंगिएको छ । चैत १० गते, सुन तोलामा एक हजार १०० रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा एक हजार १०० रुपैयाँले नै घटेको सुनको भाउ बिहीबार सोही भाउले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३०० रुपैयाँ पुगेको छ । यसैगरी आज तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार हुँदैछ ।
अघिल्लो कारोबार दिन पनि सुन तोलामा एक हजार १०० रुपैयाँले नै उकालो लागेको थियो । सो दिन सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा झरेको थियो । बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । महासंघको तथ्यांक अनुसार बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले गिरावट भएको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो । मेरोलगानी ।