काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नयाँ प्रमुख कार्यकारी अधिकृत आए लगत्तै पहिलो काम कर्मचारी भर्तीबाट सुरु भएको छ। नेप्सेले १० नयाँ कर्मचारी माग गरेसँगै नयाँ कामको थालनी कर्मचारी भर्तीबाट सुरु भएको हो। गत माघ १७ गते बसेको मन्त्रीपरिसद बैठकले पाल्पाका कृष्णबहादुर कार्कीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो। उनि नियुक्त भएर आएको एक महिना पछि उनले कर्मचारी भर्तिलाइ पहिलो प्रथमिकता दिएका हुन्। नेपाल स्टक एक्सचेन्जले शुक्रबार एक सूचना जारी गर्दै १० कर्मचारीका लागि आवेदन माग गरेको छ। जसमा आन्तरिक प्रतिस्पर्धावाट चार जना र खुल्लाबाट छ जना कर्मचारी माग गरिएको छ।
आन्तरिक तर्फ सातौदेखि नौ तह सम्म एक/एक जना माग गरिएको छ। त्यसैगरि खुल्ला तर्फ छैठौँ तहदेखि १० तह सम्म ६ जना माग गरिएको छ।आवेदन दिन चाहनेको उमेर हद दरखास्त दिने अन्तिम मिति सम्म २१ वर्ष उमेर पुरा भइ ३५ वर्ष सम्म हुनु पर्ने छ। तर महिला र अपाङ्गको हकमा ४० वर्ष सम्म तोकिएको छ। यसैगरी आठौ तहदेखि माथिका उम्मेदवारको हकमा भने ४० वर्ष ननाघाकेको नेपाली नागरिक हुनु पर्ने छ। इच्छुक उम्मेदवारले शुक्रबारदेखि २१ दिन भित्र र सो समयमा आवेदन गर्न नसके दोब्बर दस्तुर तिरेर थप सात दिन सम्म आबेदन दिन सक्ने प्रकासित सूचनामा भनिएको छ। नेप्सेले भर्ती गर्ने कर्मचारीको परिक्षा भने लोकसेवा आयोगले लिने छ। मेरोलगानी ।