Home समाचार दूतावासको पहलमा जर्मनीको जेलमा परेका नेपालीहरु निस्किए

दूतावासको पहलमा जर्मनीको जेलमा परेका नेपालीहरु निस्किए

by ईलालटिन
0 comment

काठमाडौं  ।   युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरु नेपाली दूतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो । राजदूत खड्काका अनुसार रुस युक्रेन द्वन्द्व पीडित नेपालीहरु दूतावासको सम्पर्कमा आउन छाडेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई शनिवार साँझ सम्बोधन गर्दै राजदूत खड्काले केही विचौलियहरुले युरोपका बिभिन्न देशमा रहेका नेपालीहरुलाई भित्र्याउन  रसिया–बेलारुस युक्रेन हुँदै युरोप ल्याउन दलालहरु सकृय हुन् सक्ने भन्दै  सचेत रहन आग्रह गरे ।

उनले युक्रेनमा रहेका नेपालीहरुको सफलता पूर्व उद्दार गर्न सहयोग गर्ने गैरआवासीय नेपाली संघलगायत अन्य संघसंस्थालाई धन्यवाद  दिए । खड्काले युद्धमा विस्थापित भएका नेपाली मध्ये ४ जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी  नेपाल पठाएको जानकारी दिए । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई  पोल्याण्डबाट गरी ४ जनालाई भारतीय सरकारले उद्दार गरेको हो ।  नेपाल फर्किएका १० जना मध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् । यसैबीच युद्धमा अलपत्र परेका नेपालीहरुलाई जर्मनीस्थित नेपाली दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीहरुले यात्रा अनुमति पत्र लिएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com