Home अर्थ/वाणिज्य नेप्सेका नवनियुक्त सिइओले कार्यभार समाल्दै, नेप्से अध्यक्ष सरूवा भएर बिराटनगर पुगे,सञ्चालक समिति सदस्यले शपथ गराउँदै

नेप्सेका नवनियुक्त सिइओले कार्यभार समाल्दै, नेप्से अध्यक्ष सरूवा भएर बिराटनगर पुगे,सञ्चालक समिति सदस्यले शपथ गराउँदै

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बुधवारबाट कार्यभार समाल्ने भएका छन्। सञ्चालक समिति अध्यक्ष उपत्यका बाहिर भएकाले सञ्चालक समिति सदस्यबाट कार्कीले शपथ लिँदै कार्यभार समाल्ने नेप्सेले जनाएको छ। यस अघिका प्रमुख कार्यकारी अधिकृतलाई  नेप्से अध्यक्ष शपथ गराउने चलन थियो। तर यस पटक नेप्सेका अध्यक्ष उपत्यका बाहिर भएकोले सञ्चालक समितिका सदस्यले शपथ गराउन लागिएकाे हाे।

नेप्सेको प्रबन्ध पत्र नियमावलीमा अध्यक्ष नभएको बेलामा सञ्चालक समितिका कुनै एक सदस्यले शपथ गराउन सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार नै कार्कीलाई शपथ खुवाउन लागिएको हो। नेप्सेका अध्यक्षमा अर्थ मन्त्रालयका तत्कालीन सहसचिव दीर्घराज मैनाली  छन्। उनी अर्थ मन्त्रालयबाट सरुवा भएर विराटनगर पुगेका छन्। तर पनि उनैले नेप्सेको अध्यक्षता गरिरहेका छन्। सरकारले मैनालीका ठाउँमा अझै नयाँ अध्यक्ष नियुक्त गरेको छैन। जसले गर्दा  नेप्सेको सञ्चालक समिति बैठक एक महिनामा मात्रै बस्न थालेको छ।

उनी काठमाडौँ आएको मौका पारि नेप्सेले सञ्चालक समिति बैठक बस्ने तारतम्य मिलाउँदै आएको छ। कार्कीलाई गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। आगामी चार वर्षका लागि कार्कीले नियुक्ति पाएका हुन्। नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा ११ जनाको आवेदन परेको थियो। जसमा सबैलाई पछि पार्दै कार्की प्रमुख कार्यकारी अधिकृतमा बाजी मारेका हुन्।मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com