Home विश्व/प्रवास अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

अफ्रिकी मुलुकबाट नेपाल प्रवेशमा कडाइ गर्ने गृह मन्त्रालयको निर्णय

by ईलालटिन
0 comment

काठमाडौं  । गृह मन्त्रालयले अफ्रिकी मुलुकबाट नेपाल प्रवेशलाई कडाइ गर्ने निर्णय गरेको छ।  आइतबार गृह सचिव टेकनारायण पाण्डेको नेतृत्वमा बसेको बैठकले अफ्रिकी मुलुकको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकबाट आउनेलाई अनअराइभल भिसा नदिने निर्णय भएको बताए। तर, डिप्लोमेटिक पासपोर्ट भएकालाई भने नफर्काइने पोखरेलले बताए।

यस्तै, आइसकेका नेपाली नागरिकलाई पनि फर्काइने छैन। उनीहरू सबैलाई होटल क्यारेन्टाइनमा पठाइनेछ। कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोन अफ्रिकाबाट फैलँदै भारतसँग आइपुगेपछि गृहले यस्तो निर्णय गरेको हो। ओमिक्रोन कोरोनाको पुरानो भेरियन्टभन्दा पाँच गुणा बढी शक्तिशाली मानिएको छ। अफ्रिकाबाट युरोप, इजरायल, हङहङसम्म ओमिक्रोन पुगिसकेको छ। नयाँ भेरियन्टको रोकथाम तथा नियन्त्रणका लागि सोमबार कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ।

अध्यागमन विभागका अनुसार गृहले गरेको मौखिक निर्णयका आधारमा आवश्यक काम सुरू गरिएको छ। तर, सिसिएमसी बैठक बसेपछि मात्रै यससम्बन्धी निर्णयलाई अन्तिम रूप दिइनेछ। ‘अहिले हामीले तत्कालै गर्ने काम गरेका छौं, सिसिएमसीको निर्णय के आउँछ त्यस आधारमा थप गृहकार्य गरिन्छ,’ विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले सेतोपाटीसँग भने। विशेष गरी दक्षिण अफ्रिकी मुलुकबाट हुने प्रवेशमा कडाइ थालिएको उनले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com