Home विशेष एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम ८ बजेदेखि सुरू, १२ बजेसम्म उम्मेदवार फाइनल, मतदान राति

एमाले महाधिवेशनको निर्वाचन कार्यक्रम ८ बजेदेखि सुरू, १२ बजेसम्म उम्मेदवार फाइनल, मतदान राति

by ईलालटिन
0 comment

चितवन । चितवनमा जारी नेकपा (एमाले) को  १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुने भएको छ ।केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गर्दै बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुने बताएको छ यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।

पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।बिहान १०:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए। बिहान १०:३० देखि १० : ४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १० : ५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ । यस्तै बिहान ११ : ५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ : ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरू हुनेछ।

मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो। अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका छन्। उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए।विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका हुन्। उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए। यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

एमालेमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल निर्वाचनको पक्षमा छन्। उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका छन्। राति अबेर बसेको महाधिवेशन सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलको बैठकपछि रावलले आफू निर्वाचन लड्ने बताएका छन्। ‘सहमति कहाँ के कसो भएको हो मलाइ थाहा छैन,’ रावलले भने, ‘म निर्वाचन लड्छु।‘ एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com