Home समाचार ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका भीम आचार्यले दिए सचिवमा उम्मेद्वारी

ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका भीम आचार्यले दिए सचिवमा उम्मेद्वारी

by ईलालटिन
0 comment

चितवन । केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन्।चितवनमा जारी एमालेको १० औं महाधिवेशनअन्तर्गत आचार्यले सोमबार बिहान सचिवमा उम्मेदवारी दिएका हुन्। यसअघि अध्यक्षमा भीम रावलर उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन्। आचार्य एमालेको नवौं महाधिवेशनबाट सचिव बनेका थिए। माधवकुमार नेपाल एमालेमा हुँदा उनको समूहमा रहेका आचार्य पछिल्लो समय विभाजनमा नलागी ‌एमालेमै रहेका थिए।

एमाले एकता कायम राख्ने भन्दै उनलाई अध्यक्ष ओलीले प्रदेश १ को मुख्यमन्त्री बनाएका थिए। दस बुँदे सहमति गरी एमालेमै बसेकामध्ये ओलीले उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र सचिव आचार्यलाई मात्रै पदाधिकारीमा समेटेका थिएनन्। महाधिवेशनको मुखैमा कोरोना संक्रमण भएका आचार्य अहिले सौराहाको होटलमा आइसोलेसनमा बसिरहेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com