Home बुलेट न्युज कांग्रेस अधिवेशन: जिल्ला सभापतिका लागि दाङमा आज दोस्रो चरणमा मतदान

कांग्रेस अधिवेशन: जिल्ला सभापतिका लागि दाङमा आज दोस्रो चरणमा मतदान

by ईलालटिन
0 comment

दाङ ।  नेपाली कांग्रेस दाङको जिल्ला सभापति पदमा आइतबार पुनः दोस्रो चरणको मतदान हुने भएको छ। मतदान बिहान ९ बजेदेखि तोकिएको छ। शनिबार भएको मतदानमा चार जनाबीच कसैले पनि आवश्यक मत ५१ प्रतिशत ल्याउन सकेनन्। सबैभन्दा बढी मत प्राप्त गर्ने शंकर डाँगी र दोस्रो बढी मत प्राप्त गर्ने भुपबहादुर डाँगीका बीचमा आज मतदान हुन लागेको छ।

२१२६ मत गणना हुँदा शंकरले ७७२ र भूपबहादुरले ५४३ मत प्राप्त गरेका थिए। त्यस्तै सभापति पदकै अन्य दुई प्रतिस्पर्धीहरु १३ औं महाधिवेशनमा दाङको क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति पदमा समान मत प्राप्त गर्दा गोलापर्थाबाट अनुराग यादबसँग पराजित जानकीलाल बस्नेतले ४७१ मत प्राप्त गर्दा पूर्वजिल्ला सचिव तथा १३ औं महाधिवेशनका क्रममा अहिलेका सभापति कीर्तिबहादुर खड्कासँग पराजित कमलकिशोर घिमिरेले ३११ मत प्राप्त गरेका थिए।

बस्नेत नेविसंघका पूर्वजिल्ला अध्यक्ष पनि हुन्। चार प्रतिस्पर्धीमध्ये शंकर संस्थापन इतरका हुन् भने अन्य तीन जना संस्थापन पक्षधर हुन्। निर्वाचन समितिका अनुसार दुई हजार एक सय ३४ जनाले मतदान गरेका थिए। कुल मतदाता दुई हजार एक सय ९२ जना रहेकोमा ५८ जना मतदानमा अनुपस्थित भएका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com