Home बुलेट न्युज प्रदेश २ मा असहाय र विपन्न कोषको पाँच लाख प्रदेश प्रमुखकी पत्नीलाई दिइयो

प्रदेश २ मा असहाय र विपन्न कोषको पाँच लाख प्रदेश प्रमुखकी पत्नीलाई दिइयो

by ईलालटिन
0 comment

जनकपुर ।  प्रदेश-२ सरकारले असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिका रोगीलाई सहायता गर्न स्थापना गरेको मुख्यमन्त्री कोषबाट प्रदेश प्रमुखकी पत्नीलाई पैसा दिएको छ। सरकारले आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ लाई मिच्दै मन्त्रिपरिषदको बैठकबाट निर्णय गरी प्रदेश प्रमुख हरिशंकर मिश्रकी पत्नी उषा मिश्रलाई पाँच लाख रुपैयाँ दिएको हो। स्वास्थ्य उपचारका लागि भन्दै उनलाई सो रकम दिइएको स्रोतले जनाएको छ।

‘प्रदेश प्रमुखलाई त्यतिधेरै सेवासुविधा हुँदाहुँदै उहाँले पत्नीलाई निवेदन दिन लगाएर कार्यविधिमा दिनै नमिल्ने आर्थिक सहयता लिनु भएको छ। सयौं वास्तविक विपन्नले सहयाताका लागि निवेदन दिएका छन् तर सरकारले चासो देखाएको छैन,’ स्रोतले भन्यो। कार्यविधिमा २५ हजारदेखि तीन लाख रुपैयाँसम्म मात्र आर्थिक सहायता प्रदान गर्न सकिने उल्लेख छ। ‘प्रदेशभित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई निजको जीवनयापन वा औषधी उपचारका लागि प्रदेश सरकारले सहयोगस्वरूप आर्थिक सहायता प्रदान गर्न सक्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘असहाय व्यक्तिलाई प्रतिव्यक्ति पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म, विपन्न वर्गका व्यक्तिलाई पच्चीस हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म, अशक्त व्यक्तिलाई पचास हजारदेखि दुई लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई बढीमा तीन लाख रुपैयाँसम्म प्रदान गरिने छ।’

यसअघि पनि सरकारले कार्यविधि मिचेर पूर्वमन्त्री, प्रदेश सभा सदस्य तथा नेता निकटस्थ व्यक्तिलाई पैसा दिएपछि आलोचना भएको थियो। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेशका तत्कालीन पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा तथा केही सांसदहरूलाई पटक-पटक गरी ५० लाख भन्दाबढी रकम दिएको थियो। कार्यविधि मिचेर किन प्रदेश प्रमुखकी पत्नीलाई आर्थिक सहयता गरिएकोबारे जिज्ञासा राख्न खोज्दा प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साह र मुख्यमन्त्री कार्यालयका सचिव यमबहादुर भुसालले प्रतिक्रिया दिएनन्।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com