Home विशेष डडेल्धुरा अधिवेशन विवाद: कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक यादव जानै छाडे कार्यालय

डडेल्धुरा अधिवेशन विवाद: कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक यादव जानै छाडे कार्यालय

by ईलालटिन
0 comment

काठमाडौं  । नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव कार्यालय जानै छाडेका छन्।कांग्रेसको १४ औं महाधिवेशन आउन १२ दिनमात्रै बाँकी छ। तर तीन/चार दिनदेखि संयोजक यादव निर्वाचन समितिको कार्यालयमा अनुपस्थित छन्।सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको अधिवेशन विवादित बनेको छ। वडादेखि जिल्लासम्म अधिवेशन गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भाग लिएको छैन।

यो पनि: डडेल्धुराको अधिवेशन रोक्न माग गर्दै उजुरी, संयोजक यादव र सभापति मल्लबीच ‘भनाभनतत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ल पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता तथा कार्यकर्तासहित रिले अनशनमा छन्। फेरि अधिवेशन हुनुपर्ने माग उनीहरूको छ।निर्वाचन समितिको कार्यालय पनि सानेपास्थित कांग्रेस कार्यालयमै छ। दिनहुँ रिले अनशन हुने र त्यही बाटो संयोजक यादव भित्रबाहिर गरिरहनुपर्ने हुँदा असहज हुने गरेको थियो। साथै संयोजक यादव र अनशनरत नेता मल्लबीच गत मंसिर ६ गते भनाभनसमेत भएको थियो। त्यसदिनदेखि नै संयोजक यादव कार्यालयमा अनुपस्थित छन्।

निर्वाचन समितिका एक सदस्यका अनुसार संयोजक यादव हिजोआज कार्यालय आएका छैनन्। उनले राजीनामा दिएको हुन सक्ने पनि आकलन गरिएको छ। यादवले यसअघि पनि डडेल्धुरा कांग्रेस विवादकै कारण राजीनामा दिए पनि सभापति देउवाले स्वीकृत गरेका थिएनन्।सर्लाही, रसुवालगायत विभिन्न जिल्लाका १९ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नै भएको छैन। सर्लाहीमा वडा अधिवेशनकै टुंगो छैन। पटकपटक निर्वाचन अधिकृत पठाए पनि अधिवेशन सुनिश्चित हुन सकेको छैन।डडेल्धुरामा फेरि अधिवेशन गर्न माग गर्दै निर्वाचन समितिमा तीन पटक निवेदनसमेत परेको छ। ‘एकलौटी’ अधिवेशनलाई मान्यता नदिन कर्ण पक्षले आग्रह गरिरहेका छन्।यो पनि: प्रधानमन्त्री र गृहमन्त्रीका जिल्लामा ‘प्रहरी घेरा’ भित्र कांग्रेस अधिवेशन डडेल्धुरा विवाद छिटो समाधान गर्न उनीहरूले निर्वाचन समिति संयोजकलाई दवाव दिइरहेका छन्। दवावबीच यादव कार्यालय नै जान छाडेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com