Home विशेष नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं ।  सरकारले कोरोनाभाइरस (कोभिड­– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न बिहान ११ बजे अर्थात् अहिले केहिबेरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरिन्ट संक्रमण हुनबाट कसरी सकता अपनाउने बारे छलफल हुने उनले बताइन् । बैठ-कमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ । नेपालमा नयाँ भेरियन्ट आउन सक्ने सम्भावना रहेकाले उच्च सर्तकता अपनाउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् । नयाँ भेरियन्टको पहिचान रोकथाम लागि सीमा नाकामा कडाइ र सुरक्षित हवाई उडानबारे छलफल गर्ने उनले बताइन् । दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट नेपालमा आउन सक्ने भन्दै स्वास्थ्य  मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वरेण्टीन बस्न आग्रह गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com