Home पत्रपत्रिका प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बहेर आएपछी…

प्रेमीको शब जलिरहँदा प्रेमिकाको शब मोदिखोलामा बहेर आएपछी…

by ईलालटिन
0 comment

पर्वत । भदौको महिना, उर्लेको मोदीखोलाको किनारमा सबै शोकमा डुबेका थिए । मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ बर्षे लक्का जवानको शबमा आगो दन्किरहेको थियो । शब जलिरहेका बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको शब अल्झिएको छ । शब अल्झिएको सुचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने मलामी र छिमेकीहरु पनि खोलामा रहेको शब निकाल्न गए ।

खोलामा भेटिएको शब एक जना १७ बर्षे बालिकाको हो भन्ने थाहा पाएपछि सबैले नयाँ तथ्य फेला पारे । मोदी र पातीखोलाको संगममा जलिरहेको शब र मोदीखोलामा ढुंगाको अक्करमा अल्झेको शब दुई जना प्रेमि प्रेमिकाको हो । जलिररहेको शब पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका १८ बर्षिय पुष्प चापागाईको थियो भने खोलामा भेटिएको शब इलामको देउमाई नगरपालिका ५ घर भै मोदी गाउँपालिका ६ डिमुवामा बस्दै आएकी दिपिका बस्नेतको थियो ।

प्रहरीका अनुसार चापागाई भदौ १४ गते आइतबार दिउँसो ४ बजे देखि हराएका थिए । खोजी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घर नजिकै जंगलमा झुण्डिएको अबस्थामा फेला परेका थिए । चापागाईको शबको पर्वत अस्पतालमा पोष्टमार्टम गरि दाहसंस्कार गरिएको थियो । दिपीका पनि सोमबार दिउँसो ११ बजे पछि घरबाट हराएको भनेर आफन्तले प्रहरी र खोला किनारमा समेत खोजी थालेका थिए ।

खोजी गर्ने क्रममा शब जलिरहेको केही माथि मोदीखोलामा उनको पनि शब भेटिएको थियो । पुष्पले आत्महत्या गरेको खबर सुनेर उनले पनि मोदीखोलामा हामफालेको हुन सक्ने अनुमान गरिएको छ । दुबैको घरबाट कुनै सुसाईनोट वा अन्य बस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो । दुबै शबको पोष्र्टमाटम गरि आफन्तलाई बुझाएर थप अनुसन्धान अघि बढाइएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

मृत भेटिएका पुष्पले जननेत्र माबिबाट कक्षा १२ को परिक्षा दिने तयारीमा थिए भने बस्नेत भने यस बर्ष एसइइ उर्तिण गरेकी थिइन । बिद्यालयमा पनि उनीहरुको बिचमा प्रेम थियो भन्ने कुरा खासै बाहिर आएको थिएन । साथी भाईले दुबैले आत्महत्या गरे पछि मात्र यसबारेमा मुख खोलेका थिए ।

शिक्षक भूमिराज शर्माका अनुसार उनीहरु मध्ये छात्रा कक्षामा ४, ५ जना बिद्यार्थी मध्ये पर्थिन भने छात्र पुष्प पनि पढाईमा राम्रै थिए । ‘बिद्यालयमा उनीहरुको बिचको प्रेमका बारेमा खासै कसैलाई जानकारी थिइन।’ उहाँले भन्नुभयो‘प्रेम थियो भने पनि पारिवारीक रुपमा बिबाह गर्नलाई अबरोध गर्ने वातावरण थिएन।’ पुष्पको घरबाट बिबाहका लागि अस्विकार गर्ने वातावरण नभएको उहाँले बताउनुभयो ।

उनीहरुले किन यस्तो अप्रिय निर्णय लिन पुगे भनेर अहिले सबैले आश्चार्य मानेका छन् । सोमबार साँझ मोदीखोला र पातीखोलाको किनारमा देखिएको हृदयबिदारक घटनाले धेरैको मनमा शंका उब्जादिएको छ यस्तो निर्णय नलिएको भए हुन्थ्यो । सबैले भन्दैथिए ‘ संगै जीउने र मर्ने कसम खाएका प्रेमी प्रेमिकाहरुले आवेगमा यस्ता गलत निर्णय गर्दा आफन्त र परिवारमा गहिरो चोट पर्न जान्छ भन्ने सोच्दैनन, गलत बाटो रोज्छन।’ नेपाल समाचारपत्र दैनिकबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com