Home पत्रपत्रिका सेक्युरिटी प्रेस खरिद प्रकरण : मिश्रलाई उपस्थित हुन अख्तियारको सूचना

सेक्युरिटी प्रेस खरिद प्रकरण : मिश्रलाई उपस्थित हुन अख्तियारको सूचना

by ईलालटिन
0 comment

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण उजुरीहरुको छानबिनका क्रममा बयान लिने र सोधपुछ गर्ने काम अवरुद्ध भएका बेला अख्तियारले मिश्रलाई उपस्थितिका लागि सूचना निकालेको हो ।

एक दिनअघि मात्रै मिश्रले विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको भन्दै उनले लकडाउनका कारण फर्किन नपाएको बताएका थिए ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । घटनापछि बास्कोटाले राजीनामा दिएका छन् । मिश्र भने जापान पुगेका छन् ।

केही दिनअघि कान्तिपुरले बाँस्कोटालाई सफाई दिने तयारी भन्ने समाचार प्रकाशित भएपछि यो विषय सतहमा आएको हो । अख्तियारमा छानबिन भइरहेको यो अनुसन्धान अघि बढ्न मिश्रले अडियो टेपको सनाखत गर्नुपर्ने कानुनी बाध्यता रहन्छ ।-कान्तिपुरबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com