Home बुलेट न्युज विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता

विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता

by ईलालटिन
0 comment

काठमाडौं ।  यूएईमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ। अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ। यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त हुनेछ। नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

हालसम्म नेपालले मलेसियाविरूद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुबै खेलमा नेपालले मलेसियालाई हराएको छ ।यी दुई टिमले एक अर्काविरुद्ध २०१९ मा टी-२० म्याच खेलेका थिए। जसअन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ३४ रनको जित निकालेको थियो  लगभग छनोटबाट बाहिरिएको मलेसियाले आइसिसी टी-२० विश्वकप एसिया छनोटमा तीन खेलमध्ये २ खेले हारेको छ।

यता नेपालले तीन खेलमा दुई जित र एक हारसहित तालिकामा ४ अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले प्रतियोगितामा दोस्रो जित हात पार्ने क्रममा बिहिबार कुवेतमाथि ९ विकेटको फराकिलो जित निकाल्यो। त्यसअघि नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो।  अब नेपालले आइतबार लिगको अन्तिम खेलमा युएईसँग खेल्नेछ। यदि आज र आइतबार दुबै खेलमा जित हात पारे नेपाल विश्व छनोटमा पुग्नेछ।

छनोटमा नेपालसहित घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।छनोटअघि नेपालले कतारसँग ३ खेलको टी-२० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिनस्विप गरेको थियो। नेपालको सम्भावित-११ : सीता राना मगर, इन्दु शर्मा, रुविना क्षेत्री (कप्तान), कविता जोशी, करुणा भण्डारी, ज्योति पाण्डे, सरस्वतीकुमारी चौधरी, सबनम राई, कविता कुँवर, अप्सरी बेगम र सरिता मगर । सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com