Home विशेष आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू

आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू

by ईलालटिन
0 comment

काठमाडौं । आज (बिहीबार) २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोकेको छ । महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइने गरिन्छ ।

सन् १९६० मा राजनीतिक कार्यकर्ताहरूले डोमिनिकन रिपब्लिकका तीन मीराबल बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेको दिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ । त्यस समय  डोमिनिकनको शासक रहेका राफेल ट्रुजिलोको आदेशमा मीराबल बहिनीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो । सन् १९८१ मा ल्याटिन अमेरिकी र क्यारिबियन नारीवादी कार्यकर्ताहरूले २५ नोभेम्बरलाई महिलाविरुद्ध भएका हिंसाको विरुद्ध लड्न र जनचेतना फैलाउने दिनको रूपमा स्थापित गरेका थिए । महिला अधिकारकर्मीहरूले १९८१ देखि नै २५ नोभेम्बरलाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् ।

७ फेब्रुअरी २००० मा भने संयुक्त राष्ट्रसंघको महासभाले यस दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरलाई आधिकारिक रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो ।त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै आइएको छ । त्यस्तै मंगलबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसमेत सुरू भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रुपमा विश्वभर मनाउने गरिएको छ । यो १६ दिन महिला हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी अभियानकै रूपमा सञ्चालन गरिन्छ । नेपालमा यो १६ दिन विभिन्न संघसंस्था तथा संघ, प्रदेश र स्थानीय सरकारले गोष्ठी तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउने गर्दछ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com