काठमाडौं । पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने न्यायाधीशहरुको कित्ता छाड्ने ५ न्यायाधीशमध्येका एक न्यायाधीशले फुलकोर्ट बैठकमा बस्न तयार रहेको बताएका छन् ।
आज फुलकोर्ट बैठक बस्ने चर्चा भएपनि औपचारिक पत्र भने आइनसकेको बताउँदै उनले बैठक राखिएको खण्डमा आफूहरु छलफलका लागि तयार भएको बताए । उनले आफूहरु जनताको मुद्दालाई लामो समय अलपत्र पार्न नसकिने ठानेरमात्रै इजलासमा फर्किएको बताउँदै अरु विषयमा अन्य न्यायाधीशहरुसँगै रहेको बताए । रातोपाटी ।