Home समाचार अदालतबारे दल र सरकार रमिते नबनोस्: अर्जुननरसिंह केसी

अदालतबारे दल र सरकार रमिते नबनोस्: अर्जुननरसिंह केसी

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले न्यायालयबारे दल र सरकार रमिते बन्न नहुने बताएका छन्।सर्वोच्च अदालतमा नेपाल बारले गरेको शान्तिपूर्ण आन्दोलनमा सुरक्षा निकायले हस्तक्षेप गरेकोमा पनि उनले विरोध गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै विगत तीन सातादेखि नेपाल बार आन्दोलनमा छ भने न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणबाहेकका इजलास बसेका छैनन्।

नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै निरन्तर आन्दोलन गरिआएको छ।प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेका छन्।‘सर्वोच्च अदालत रणभूमिमा परिणत हुँदैछ। बारको देशभर १८ वटै उच्च अदालत विरोध प्रदर्शनलाई केवल सुरक्षादस्ताले नै ठिक पार्ने सरकारी सोच महाभूल र लज्जास्पद हो,’ केसीले ट्वीट गर्दै भनेका छन्। उनले अदालतबारे दलहरू र सरकार रमिते बन्न नहुने पनि बताएका छन्। ‘दल र सरकार रमिते नबनोस्,’ केसीको भनाइ छ। संविधान, लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने पनि उनले बताएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com