142
काठमाडौं । भारतीय जनता पार्टी भाजपाका प्रवक्ता विजय सोन्कर शास्त्रीले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणका क्रममा रहेका शास्त्रीले मंगलबार निधिसँग भेटवार्ता गरेका हुन्। निधिलाई भेट्न शास्त्री उनकै निवास बानेश्वर पुगेका थिए।नेपाल-भारतबीच द्वीपक्षीय सम्बन्धलगायत विषयमा भेटवार्तामा कुरा भएको उपसभापति निधिको सचिवालयले जानकारी दिएको छ। सेतोपाटी ।