Home विशेष घरबाटै महिला हिंसा अन्त्यका लागि गम्भीर बन्न मन्त्री रेग्मीको निर्देशन

घरबाटै महिला हिंसा अन्त्यका लागि गम्भीर बन्न मन्त्री रेग्मीको निर्देशन

by ईलालटिन
0 comment

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै हिंसा अन्त्यका लागि गम्भीर बन्न अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई निर्देशन दिएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठकमा मन्त्री रेग्मीले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्‍याउनु पर्ने र घरबाटै हिंसा अन्त्यका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएकी हुन्।

घरबाटै –सुरु गरौँ, महि-ला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारालाई साकार पार्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’मन्त्री रेग्मीले भनिन्,‘अनि मात्रै महिला हिंसा विरुद्धको १६ दिने अभियानले सार्थकता पाउँछ। विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विज्ञ, सरोकारवालासँगको छलफलमा मन्त्री रेग्मीले ‘हिंसाको सुरुवात घरबाटै हुने गरेको बताउँदै गाउँ टोलसम्म हिंसाविरुद्धको अभियान पुर्‍याएर घरबाटै हुने हिंसा अन्त्य गर्न सबै गम्भीर भएर लाग्नु पर्ने बताइन्।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि- डिसेम्बर १० सम्म महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ। सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो। उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान मनाउने गरिएको छ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com