Home समाचार कटहरीको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

कटहरीको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

by ईलालटिन
0 comment

मोरङ ।  मोरङको कटहरीस्थित एक उद्योगमा आगलागी भइरहेको छ । ग्लोबल बायो इनर्जी नामक उद्योगमा भएको आगो नियन्त्रणका लागि प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा बिहान ५ः३० बजेदेखि आगो लागेको हो ।

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणका स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहबी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com