Home समाचार रवीन्द्र मिश्रसँग असन्तुष्टि जनाउँदै एक दर्जन नेताद्वारा पार्टी परित्याग

रवीन्द्र मिश्रसँग असन्तुष्टि जनाउँदै एक दर्जन नेताद्वारा पार्टी परित्याग

by ईलालटिन
0 comment

पोखरा । विवेकशील साझा पार्टी गण्डकीका एक दर्जन नेताहरुले पार्टी परित्याग गरेको छन् । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टीमा हैकम चलाउँदै तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउदै १२ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्यद्वय प्रकाश आचार्य, मनिषा मगर,गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम -न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गाना रहेका छन् ।

उनीहरुले दुई फरक पार्टीलाई एक ठाउँमा ल्याएर तोकिएको समयमा एकता महाधिवेशन गर्न लाग्नुको साटो अध्यक्ष मिश्रले एकताको मर्मविपरीत एकल दस्तावेज सार्वजनिक गरेर पार्टीमा तानाशाही प्रबृत्तिका लाद्न खोजेको आरोप लगाएका छन् । एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइन विपरीतका मुद्दालाई बहसमा ल्याएर अध्यक्षले वैकल्पिक राजनीतिको गलत -व्याख्या गरेको उनीहरुको आरोप छ । ‘मिश्रको यस कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष मिश्रले पार्टीका नेता कार्यकर्ताको भावना विपरित एकलौटी निर्णय लिएकाले उनीबाट वैकल्पिक राजनीतिको यात्रा सम्भव नभएको ठहर आफूहरूले गरेको पनि उनीहरूले बताएका छन् । नेतृत्वबाट पार्टीभित्रका समस्या समाधान गर्ने भन्दा पार्टीलाई टुक्राउने र भिन्न विचार राख्नेलाई पाखा लगाउने हर्कतहरू हुन थालेपछि आफ्नो उर्जा शिल समय विवेकशीलमा खर्च गर्नु बर्बादी हुने ठानेर आजैदेखि पार्टीको पदीय जिम्मेवारीसहित सदस्यता समेत परित्यागको घोषणा गरेका छौँ,’विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि देशको अवस्था परिवर्तन गर्न हामी विभिन्न ठाउँबाट प्रयत्नशील रहिरहनेछौँ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com