Home समाचार बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

by ईलालटिन
0 comment

काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् । आइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन्  । बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ  र  व्यवस्थित हुनुपर्ने बताइन् ।

‘खाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ,’ मन्त्री रेग्मीले भनिन् ‘किचन व्यवस्थित हुनुपर्छ।’  मन्त्री रेग्मीले बालबालिकालाई आधुनिक शैलीमा पढाउने र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिनुपर्ने बताइन् । पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने भन्दै उहाँले यसमा ध्यान दिन सुझाव पनि दिइन् । राज्यले बाल सुधार गृहलाई महत्त्वका साथ हेरिदिन सुधार गृह व्यवस्थापन समितिले मन्त्री रेग्मीलाई अनुरोध गरेको उनको  निजी सचिवालयले जनाएको छ।  सुधार गृहलाई पुरै मन, वचन र कर्मले आफूले सक्ने जति गर्ने प्रतिबद्धता मन्त्री रेग्मीले व्यक्त गरेकी थिइन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com