Home विशेष ५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

by ईलालटिन
0 comment

काठमाडौं ।  त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि  निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ । अस्पतालको १६ औँ वार्षिक साधारणसभाका अवसरमा आवश्यकता र सर्वेक्षणका आधारमा यसै आर्थिक वर्षभित्र २० आँखा परीक्षण शिविर, १०  विद्यालयमा आँखा कार्यक्रम र विभिन्न नौ स्थानमा अस्पतालले शल्यक्रिया शिविर सञ्चालन गर्ने जानकारी दिइयो  ।

अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोखरेलले सामाजिक सङ्घसंस्थासँग मिलेर सेवा विस्तार गर्ने, सर्वसाधारणलाई आँखा स्वास्थ्य शिक्षा अवगत गराउने र आँखा उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने बताए । उनले भने, “नागरिक आँखा उपचारमा पहुँच सहज तुल्याउन प्राथमिक केन्द्र र गुणस्तर अभिवृद्धि संयन्त्र विस्तार गर्न लागिएको छ ।” -नेपालमा  आँखा उपचार सेवाका लागि ४८ वर्षअघि स्थापना भएको अग्रणी सो अस्पतालले न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ । आँखा सेवामा पहुँच विस्तारलाई तीव्रता प्रदान गर्ने कार्यक्रमसहित अघि बढिरहेको अस्पतालमा १५ विशेषज्ञ चिकित्सकसहितको जनशक्तिबाट सेवा प्रदान गरिँदै आएको छ ।

अस्पतालले खोकना, टोखा र थानकोटका भिजन सेन्टरलाई निरन्तरता दिँदै साँखुलगायतका थप तीन स्थानमा पनि थप सेन्टर स्थापना गर्ने कार्यक्रम अघि सारेको छ । उपत्यका बाहिर बाराका सिमरामा आँखा उपकार केन्द्र स्थापना गरिसकेको छ भने गोरखाको भच्चेकमा पनि स्थापनाका लागि अध्ययन भइरहेको जनाएको छ । कोभिड–१९को सङ्क्रमण जोखिमकाबीच गत आर्थिक वर्षमा उक्त अस्पतालबाट ६५ हजार ४२९ ले ओपिडीबाट सेवा लिएकामा चालु आर्थिक वर्षमा ६८ हजार जनाले त्यो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा अस्पतालले नौ शल्यक्रिया शिविरमा पाँच हजार सात जनाको आँखा परीक्षण र ४६५ को शल्यक्रिया भएको अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिए ।

त्यस्तै सात आँखा परीक्षण शिविरबाट दुई हजार ७३३ सर्वसाधारण लाभान्वित भएका थिए । अस्पतालले ८० वर्ष ना-घेकालाई २५ प्रतिशत र गरिबलाई निःशुल्क तथा सहुलियत शुल्कमा उ-पचार गर्दै आएको छ । अस्पतालले गत वर्ष एक हजार आठ  गरिब बिरामीलाई उपचारमा पूर्ण तथा आंशिक छुट प्रदान गरेको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा अस्पतालले रु ११ करोड नौ लाख ११ हजार आम्दानी भएकामा रु नौ करोड १६ लाख ६६ हजार खर्च भएको विवरण कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालका संस्थापक डा.रामप्रसाद पोखरेलले नेपालमा आँखा उपचार सेवा र जनशक्ति वृद्धिमा भएको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको श्रेय त्रिपुरेश्वर आँखा अस्पतालको समेत रहेको बताए । -अस्पतालका प्रमुख डा.कमल खड्काले अस्पतालका तर्फबाट आँखा उपचार सेवा  दूरदराजका गाउँ बस्तीमा पु¥याउने कोसिस भइरहेको जानकारी दिए । उक्त आँखा अस्पतालले हाल दैनिक सरदर ४०० देखि ६०० सर्वसाधारणलाई आँखा उपचार सेवा पुर्याउँदै आएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com