काठमाडौं । सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसन विरूद्ध प्रदर्शन गर्न पुगेका केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधान न्यायाधीश-को पक्षमा प्रदर्शन गर्दै कानुन व्यवसायीको विरोध गरेपछि सम्भावित झडप रोक्न प्रहरीले ३-४ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू धर्नामा -बसेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग्दै बारको नेतृत्वमा कानुन व्यवसायी आन्दोलित छन्। आन्दोलनस्वरूप आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने उनीहरूको तयारी छ । सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानुन व्यवसायी उपस्थित छन्। सर्वोच्चको गेटमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। सेतोपाटी ।