Home विशेष बिपी प्रतिष्ठानका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने ठहरसहितको छानबिन प्रतिवेदन पेस हुँदै

बिपी प्रतिष्ठानका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने ठहरसहितको छानबिन प्रतिवेदन पेस हुँदै

by ईलालटिन
0 comment

विराटनगर ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरूलाई पदमुक्त गर्नुपर्ने ठहरसहितको छानबिन प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवासामु पेस हुने भएको छ। स्वास्थ मन्त्री विरोध खतिवडा, धरान उपमहानगर प्रमुख तिलक राई र स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहितको छानबिन टोलीले तयार पारेको प्रतिवेदन आज प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम छ।

हामी आज प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउँदैछौं,’ स्वास्थ्यमन्त्री खतिवडाले सेतोपाटीसँग भने, ‘त्यो प्रतिवेदनमा के छ भनेर चाहिँ अहिल्यै नसोध्नुस्। भरेसम्म पर्खनुस्। मन्त्रीले समितिको ठहरबारे खुलाउन नचाहे पनि प्रतिवेदनमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको स्रोतको भनाइ छ। उपकुलपति गिरी, रेक्टर डा. गुरू खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई पदमुक्त गर्ने प्रक्रिया थाल्न र त्यसका लागि सिनेट बोलाउन सिफारिस प्रतिवेदनमा गरिएको छ।

रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले भने यसअघि नै पदबाट राजीनामा दिइसकेका छन्।  हामीले थाहा पाए अनुसार कारबाही सिफारिस भएको छ भन्ने सुनेका छौं,’ बिपीका एक चिकित्सकले भने, ‘तर, प्रतिवेदन सार्वजनिक नभएसम्म ढुक्क हुन सकिने अवस्था छैन। शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषी उपर कारबाही माग गर्दै चार महिनादेखि निरन्तर आन्दोलनमा रहेका प्रतिष्ठानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरूले पदाधिकारीहरूको बहिर्गमनलाई आन्दोलनको न्यूनतम शर्त बनाएका थिए। आन्दोलन चर्केर सेवा नै प्रभावित हुने अवस्था आएपछि सरकारले वार्ता टोली गठन गरेर आन्दोलनकारीको माग सम्बोधन गर्ने सहमति गरेको थियो। तर, सहमति अनुसार सरकारले कुनै कदम अघि नबढाएको भन्दै बिपीमा आन्दोलन जारी थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com