Home विशेष नेविसंघले भन्यो- पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्न बाध्य हुनेछौं

नेविसंघले भन्यो- पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्न बाध्य हुनेछौं

by ईलालटिन
0 comment

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव  ढुंगानाले  आइतबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णयप्रति खेद प्रकट गरेका हुन् ।

जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।  सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघले जोडदार माग गरेको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ ।  शनिबार ६ वटा विद्यार्थी संगठनले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए । शुक्रबार आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com