Home समाचार सर्लाही पुगेर प्रचण्डले भने – प्रधानमन्त्री फर्केलगत्तै नागरिकता ऐन जारी हुन्छ

सर्लाही पुगेर प्रचण्डले भने – प्रधानमन्त्री फर्केलगत्तै नागरिकता ऐन जारी हुन्छ

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएलगत्तै नागरिकता ऐन जारी हुने दाबी गरेका छन्। उनले नागरिकताको विषय टुंग्याउन खोजे पनि केपी ओलीको पालामा नसकिएको बताए। प्रधानमन्त्री फर्केपछि नागरिकता ऐन पारित गर्ने काम सरकारले गर्छ। नागरिकताको समस्याको हल गर्नेछौं। प्राविधिक कुरा अहिले म भन्दिनँ,’ दाहालले भने।

नेपाल लोकतान्त्रिक शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनको एकता सभालाई सर्लाहीमा सम्बोधन गर्दै दाहालले शनिबार यस्तो बताएका हुन्। दाहालले राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव र जनता समाजवादीका नेता उपेन्द्र यादवसँग पार्टी एकताको आह्वान पनि गरेका छन्।ढिलो नगरी यही ठाउँमा आएर पार्टी एकता गरौं, जबसम्म तराई माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार स्थापित हुँदैन,’ उनले भने।

तीन पार्टीबीच एकता भए मधेसीमा लहर आउने र आगामी निर्वाचनबाट एकलौटी सरकार बनाउन सकिने दाहालले बताए। मधेसलाई माओवादीबाट रोक्न कसैले सक्दैन, उपेन्द्रजी र महेन्द्रजीलाई सम्मान र अधिकार दिने कुरामा कुनै कन्जुस्याइँ हुने छैन,’ उनले भने। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com