Home समाचार अग्नि सापकोटा संसदीय प्रणालीकै ‘कलंक’ हुन्: ओली

अग्नि सापकोटा संसदीय प्रणालीकै ‘कलंक’ हुन्: ओली

by ईलालटिन
0 comment

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय प्रणालीकै ‘कलंक’को संज्ञा दिएका छन्। अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाइला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिए।

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजा गरेको एक कार्यक्रममा बोल्दै उनले सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भीर आरोप समेत लगाए। अध्यक्ष ओलीले एमाले विरूद्धको षडयन्त्र सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दाबी समेत गरे। उनले प्रचण्डको निर्देशनमा आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषदलाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

अध्यक्ष ओलीले भने, ‘अग्नि सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरि निर्वाचित भएर संसदमा पाइला टेक्न पाउनुहुन्छ ? उनी कलंक हुन् संसदीय व्यवस्थाका। सभामुखको गरिमाको त कुरै छोडौं। कुनै मर्यादा छैन। नेकपा एमालेको विरूद्धको षडयन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर  आफू सरकारमा हुँदा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने। अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन्। अध्यक्ष ओलीले नेपाली कांग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको टिप्पणी गरे।

उनले ५ वर्षभित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने कांग्रेसले संवैधानिक रूपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्ति पार्टीको रूपमा उभ्याएको ओलीको भनाइ छ। उनले कांग्रेसजस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दाबी समेत गरे। अध्यक्ष ओलीले भने, ‘पाँच वर्षभित्र गर्नुपर्ने गर्न नसक्ने। त्यसपछि ६ महिनामा गर्नुपर्ने। त्यो पनि गर्न नसक्ने। निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १४ वटा जिल्लामा कांग्रेसको अधिवेशन बाँकी छ। त्यो कुनै पनि हिसाबले कांग्रेसको रीति पुर्‍याउने कुरा हो। महाधिवेशन आयोजना गर्ने क्षमतानै कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन नै गर्न नसक्ने हालतमा कांग्रेस बुढो। अशक्त भयो।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com