Home विशेष सञ्चारमन्त्री कार्कीद्वारा बाढीबाट डुबान क्षेत्रको निरीक्षण

सञ्चारमन्त्री कार्कीद्वारा बाढीबाट डुबान क्षेत्रको निरीक्षण

by ईलालटिन
0 comment

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा बाढीबाट डुबान एवं कटान क्षेत्रको शनिबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीबाट प्रभावित इनरुवा–८ स्थित गहिडा टोलका ४१ घर परिवारलाई उहाँले राहतसमेत वितरण गरे ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–४ र ५ मा सुनसरी खोलाले कटान गरेको बाँधको मन्त्री कार्कीले स्थलगत निरीक्षण गरे । सोही सिलसिलामा बाढीमा डुबेर मृत्यु भएका भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डलको परिवार र केही दिनअघि प्रहरीको हिरासतमा आत्महत्या गरेका मोहमद हकिम मियाँको परिवारसँग पनि भेटघाट गरे ।त्यसैगरी बाढीका कारणले भोक्राहा नरसिंह गाउँपालिका–८ मा रहेको दुई वटा मदर्शामा भएको क्षतिको विषयमा उनले जानकारी लिनुभएको कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस ४ नम्बर क्षेत्रका सभापति अयुव अंसारीले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com