Home समाचार स्थापना दिवस र दिपावली, छठपर्वको शुभकामना आदानप्रदान

स्थापना दिवस र दिपावली, छठपर्वको शुभकामना आदानप्रदान

by ईलालटिन
0 comment

पर्वत । कटुवाचौपारी महिला बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना दिवस दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम विहिबार कटुवाचौपारीमा सम्पन्न भएको छ । सोही अवसरमा जनप्रिय प्रँविका विद्यार्थीहरुलाई सेनीटाईजर र माक्स समेत वितरण गरेको छ । २०७५ सालमा स्थापना भएको सहकारीका सक्रिय महिलाहरुद्धारा स्थापित सहकारीको विकासक्रमले समृद्धि र आत्मनिर्भर गराउने कार्यक्रमगर्दै आएका छन् ।

सहकारी स्थापना दिवस दिपावली र छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कुश्मानगर सहकारी डिभिजन प्रमुख ऋषिराम पौडेलले सहकारीले नितिकार्यक्रम सहकारीको उद्धेश्यमा सहकारीे खेल्नुपर्ने भुमिका बारेका प्रकाशपार्नु भएको थियो । उहाँले सहकारीमा आबद्ध महिलाहरुको मिहिनेत परिश्रमले सहकारीलाई थप उचाईमा पुग्ने कुरामा विश्वस्त रहेको बताउनुभयो । ईम्प्रेड नेपालका सुपरभाईजर बुद्ध पौडेलले सक्रिय मिहिनेती र परिश्रमी महिलाहरुलाई सहयोगी संस्थाहरुको निरन्तर सहयोग र साथ दिईरहने बताए ।

पत्रकार महासंघ पर्वतका सचिव राजबाबु पिसीले सहकारीले सेवामुखी भावले कामगर्दै प्रतिफलदिने कार्यका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रमा वडा प्रतिनिधी जमुना बैरागी, समाजसेवी लक्ष्मी पौडेल संस्थाका तारा पौडेल लगायतले बोलेका थिए । कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष शोभा ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन उसा पौडेल स्वागत कमला पौडेलले गरेका थिए । महिलाहरुद्धारा संचालित उक्त संस्थाको कुल पुजी ८० लाख रुपया र लगानी ७० लाख रुपया भन्दा बढि रहेको संस्थाले जनाएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com