Home समाचार पर्वतमा दर्जन बढी बङ्गुरका पाठाहरू बाघले खाइदियो

पर्वतमा दर्जन बढी बङ्गुरका पाठाहरू बाघले खाइदियो

by ईलालटिन
0 comment

पर्वत ।  कुश्मा नगरपालिका ३ स्थित ओडारेका एक युवाले सञ्चालन गर्दै आएको बङ्गुर फार्मबाट दर्जन बढी बङ्गुरका पाठाहरू बाघले  खाइदिएको छ ।

ओडारे कृषि फर्मको नामबाट व्यावसायिक बङ्गुर पालन गर्दै आएका गौरव क्षेत्रीको तीन महिना भएका बङ्गुरका पाठाहरू बाघले खाइदिएको हो ।

हप्ता दिनको अवधिमा बाघले ती बङ्गुरका पाठाहरू खाएको सञ्चालक क्षेत्रीको भनाइ छ । ‘पहिले त, मान्छेले लग्यो होला भन्ने भयो’, उनले भने, ‘हरेक दिन हराउँदै जान थालेपछि राति ढुकेर बसेर हेर्दा आँखा अगाडि बाघले बङ्गुर घिसार्दै लगेको देख्यौँ ।’

क्षेत्रीले १ करोड लगानीमा आधुनिक किसिमले डेढदुइ सय बङ्गुर पाल्दै आएका छन् । १ लाख बढीको क्षति भएपछि क्षेत्री चिन्तित बनेका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com