Home विशेष भाटभटेनी सुपरमार्केटले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा, सबै आउटलेटहरुमा शुरू हुने

भाटभटेनी सुपरमार्केटले शुरु गर्यो क्युआर कोड भुक्तानी सेवा, सबै आउटलेटहरुमा शुरू हुने

by ईलालटिन
0 comment

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने गरी भाटभटेनी सुपरमार्केटले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो। बिहीबारबाट नक्साल भाटभटेनीमा क्युआरकोड सेवा न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन । उक्त कार्यक्रममा गभर्नर अधिकारीले नेपालमा क्यास लेस सेवाले छिट्टै नयाँ फड्को मार्ने बताए ।

‘नगद कारोबार एकदमै झन्झटिलो हुने गरेको छ जसकारण क्युआरबाट भुक्तानीले समयको बचतसँगै सुरक्षित कारोबारमा समेत प्रात्साहन मिलिरहेको छ’ उनेल भने । उनले ’पैसा भए पनि देखाउन नसक्ने’ हरुका लागि यसले मद्दत गर्ने भन्दै भविष्य लागि पनि क्युआर भुक्तानी प्रयोग गर्न आह्वान गरे । कार्यक्रममा प्रभु बैंकका कार्यकारी अघिकृत अशाेक शेरचनले डिजिटल भुक्तानीलाई देशव्यापी रुपमा अघि बढाउनुपर्ने बताए ।

‘शहरी भेगमा मात्रै नभइ ग्रामिण इलाकामा पनि यसको आवश्यक्ता छ’उनले भने,अवको युग नै प्रविधिमा आधारित भएको भन्दै यसको प्रयोग बढ्दा औपचारिक अर्थतन्त्रमा टेवा पुग्ने र कारोबार पनि पारदर्शी हुने छ। आन्तरिक राजस्व कार्यकालका महानिर्देशक शोभाकान्त पौडेलले विद्युतीय भुक्तानीले कारोबार पारदर्शी हुँदा राज्यलाई पनि कर आउने बताए । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सरकार र राष्ट्र बैंकको क्यास लेस अभियानलाई सहयोग गर्न आगामी दिनमा सबै आउटलेटहरुमा क्युआर भुक्तानी सेवा शुरु गर्ने बताए । उनका अनुसार क्युआर भुक्तानीलाई प्रबर्द्धन गर्न आफ्ना १० लाख मेम्बरलाई प्रोत्साहन गरिने छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com