Home विशेष भगवान कोइरालाले बनाउँदै गरेको बाल अस्पताललाई काठमाडौं महानगरले चार करोड दिने

भगवान कोइरालाले बनाउँदै गरेको बाल अस्पताललाई काठमाडौं महानगरले चार करोड दिने

by ईलालटिन
0 comment

काठमाडौं ।  काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गरेको छ बुढानिलकण्ठमा बालबालिकाको उपचारका लागि निर्माण गरिने उक्त अस्पतालका लागि काठमाडौं महानगरपालिकाले चार करोड आर्थिक सहयोग गर्ने भएको हो। उक्त सहयोगका लागि सम्झौता-पत्रमा बुधबार हस्ताक्षर भएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डा. भगवान कोइरालाले सम्झौता-पत्रमा हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले मुलुक संघीयतामा गइसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए। संघीय राजधानीबाट पाउने स्वास्थ्य सेवा अन्य प्रदेशबाट पनि प्राप्त गर्ने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न आग्रह गर्छु,’ शाक्यले भने, ‘निजी क्षेत्रले स्वास्थ्यमा लगानी गर्न चाहन्छ भने त्यसका लागि समेत उपयुक्त वातावरण निर्माण गरेर अबका दिनमा स्वास्थ्य सेवाका लागि नागरिकले संघीय राजधानी नै धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ।’

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलि भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टीकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए। बालबालिकाका प्रत्येक रोगका विज्ञहरूलाई एउटै छानमुनि राखेर काठमाडौंबाट सेवा दिने सामूहिक सपनालाई मूर्त रूप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौं,’ कोइरालाले भने, ‘हामीले प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौं। त्यही अभियान अन्तर्गत प्रदेश १ बाट हामी छिट्टै सेवा सुरू गर्ने तयारीमा छौं। कोइरालाले काठमाडौंमा दुई सय बेडको अस्पताल निर्माणको तयारी गरिरहेको बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com